भरतपुर, मंसिर १६
भरतपुर स्थित गुरुकुल माविमा रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फूड फेस्टिबल हुने भएको छ । विद्यालयको २७ औ वार्षिकोत्सवको अवसरमा व्यवस्थापन संकाय कक्षा १२ मा अध्यनरत विद्यार्थीहरूले यही मंसिर १७ गते फूड फेस्टिबल गर्ने भएका हुन् ।
रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फुड फेस्टिबल जसलाई उन्नयन भनेर नामकरण गरिएको यवस्थापन दिवा संकाय संयोजक सुशील रेग्मीले जााकारी दिए । विद्यालयको हरेक वार्षिकोत्सवको अवसर पारेर कक्षा १२ मा अध्ययनरत विद्यार्थीहररूले पूmड फेस्टिबल आयोजना गर्ने निमित्त प्राचार्य प्रतीक ढकालले बताए । विद्यार्थीहरू आफैले विभिन्न थोक बिक्रेताहररूसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्नुका साथै होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरूले फूड फेस्टिबल गर्नेछन् ।
मोमो, ससेस, फिङगर चिप्सय, कुल्फी, पपकर्न, आइसक्रिम, चिया र कफी का परिकार उनीहररू आफैले बनाएर बिक्री गर्नेछन् । यस्ता रचनात्मक र व्यवहारिक कार्यक्रमबाट विद्यार्थी प्रत्यक्ष रुपमा समाजसँग जोडिने र यसले आत्मनिर्भर हुन प्रेरित गर्ने विश्वास लिएको शैक्षिक निर्देशक सिर्जन अविरलले बताए ।


प्रतिकृया दिनुहोस्