घडिमा मध्यान्हको १२ बज्दै थियो । पोखराको लेकसाइडनिरको होटेलमा टन्न मासुभात सहितको थकाली खाना खाएपछि अगि दुखेको पेट केही शान्त भएजस्तो लागेथ्यो । सायद भोकै लाएर रैछ क्यारे नभन्दै थकाली खाना औसधि नै बन्यो।अब नदुखेको पेट लिएर लेकसाइडबाट नयाँ बजारसम्म हरियो नगरबसमा चढेर पुगे।पोखरा सायद बसेरै नियालेको पहिलोपल्ट भएर होला म अन्जान थिए।अनि ठ्याक्कै गित मानसपटलमा सम्झिए “पोखरा त साच्चिकै को पोखरा नै रैछ “।नयाँ बजारमा ओर्लिएपछि आखा यता उति नचाए।ठ्याक्कै मेरो आँखा टेलिभिजनको अफिसमा पुग्यो।अनि एकपटक आँफैले आँफैलाइ ढाप मारे।
अनि लामो सासलिँदै भने,”अब त आइयो।तर उहाँ अझै आउनुभएन।फोन गर्यो आउदै छु बस्दै गर्नु भन्नुभएको थियो।म पनि उहाँको अफिसमा गएर थुचुक्क बसे।घडिमा २ बज्दै थियो ।२ बज्नासाथ नभन्दै उहाँको अफिस भरियो । धेरै भेटघाट गर्न अाउनेहरूसंगै म पनि त्यहि भीडमा पर्खिरहेकाे थिएँ । उनीहरू र म मा केही फरक थियो, उनीहरू भेट्न् चाह भन्दा समस्या सुनाउन आतुर देखिन्थे,कसैको छोराको पैसा खाइदेको म्यानपावर वालाले त कसैको कुनै महिलाले पैसा ठगेको ,यस्तैयस्तै जनजिबिकाका सवालहरु भने मेरो अल्लि फरक थियो।सायद पत्रकार भएर होला मिले अन्तरबार्ता लिन्छु नत्र पत्रकारिताको अनुभव साटासाट गर्छु भनेर पर्खिरहेको थिए।
घडिले ३ बजाउनै लाग्दा यत्तिकैमा प्रतिक्षाको घडि समाप्त भयो।उहाँ आउनुभयो। दुब्ले दुब्ले,माथी छिर्केमिर्के सर्ट तल सेतो पाइन्ट र जुत्ता नभन्दै हिरो भन्दा कम हुनुन्थेन उहाँ।साच्चै शालिन स्वभावका धनी ,हामी जस्ता युवा पत्रकारहरुको मनमुटुमा बस्न सफल ,इन्भेस्टिगेटिभ जर्नालिजमका किङ ।उहाँ आउनासाथ सबैले उठेर नमस्कार गरे।उहाँले नमस्कार फर्काउनुभयो। सबै उहाँकाे कार्यकक्ष तिर लागे। म चाहिँ उहाँको अफिस अगाडिको कुर्सीमा बसे।भित्रबाट बाहिर आएर यहाँ चितवनबाट आउने साथि को हुनुन्छ भनेर सोध्दा म हल्का एकसाइटेड र हल्का नर्भस दुबै भएँ।म हो है भनेर इसारा गरेँ । उहाँ भित्र जानुभयो।
म फेरि कुर्सी तानेर बसे।एकजनाको पालो पछि भित्रबाट कसैले बाेलाएकाे भाँन गरेँ । नभन्दै उहाँले बाेलाउनुभएकाे रहेछ । अब भने म अहिले पुरै नर्भस भएँ ।अल्लि अल्लि पसिना ,अल्लि अल्लि डर यस्तै भएको थियो मेरो हुलिया।भित्र जानासाथ मैले मेरो उहाँलाइ देखे। नमस्कार गरे।उहाँले नमस्कार फर्काउनुभयो।
हैन यसले कसलाइ भनिराछ जस्तो लागेको हाेला ,चिन्नुहुन्छ तपाइँहरुले , फेमस डाइलग छ उहाँको “ के पारा हो???“,नमस्कार मेरो नाम अपिल त्रिपाठि हो।।हो,अपिल दाइ,मेरो आइडल जो सङ भेट हुन म पोखरा बसेको थिए एक रातसम्म लेकसाइडमा।मैले धेरै कुराँए है भन्दा त लाजले भुत्तुक्कै भए म।हैन ठिक छ भन्दै जवाफ फर्काए।वल्लो सोफामा म पल्लो सोफामा उहाँ अनि शुरु भयो दाजुभाइको गफ।म धेरै बोल्नभन्दा नि उहाँको कुरा सुन्न आएको थिए।र चुपचाप सुनिरहे।उहाँले आफ्नो१४ बर्सिय पत्रकारिताको यात्रा बारेमा मलाइ शिएर गर्नुभयो।प्ल्स टु पढदा दुई चोटि पोखराको रेडियोले रिजेक्ट गरेको मान्छे हो म भन्दा सारै नरमाइलो लाग्यो ।
रेडियोमा एकदम बोल्न मन थियो भन्ने मान्छेलाइ रिजेक्ट ।।बाकी उहाँको कुरा सुन्दै गरे।उहाँका सबैकुरा जिबनपयोगी नै थिए त्येसमाथी एउटा कुरा अझै गज्जब लाग्यो।दाइले भन्नुभयो,“कोहि मान्छे कोहि जस्तो बन्नै सक्दैन । प्यासन जेमा छ तेहि गर।मलाइ मान्छेहरुभेटन रुचाउँछन् तर म रुचाउदिन किनकी उनिहरुले मलाइ जे कल्पना गरेका हुन्छ्न त्यो पाएनन भने उनिहरु निराश हुन्छ्न,मलाइ कसैलाइ निराश बनाउनु छैन।“दाइलाइ मैले नेतालाइ जस्तो केही रोचक तथा घोचक प्रश्नहरु पनि राखे।दाइ हजुर कुन पार्टीको पत्रकार भन्ने प्रश्नमा दाइको उत्तर गजबको लाग्यो।दाइले भन्नुभयो,“म कुनै प्रेसको संगठनमा आबद्द छैन,म स्वतन्त्र पत्रकारिता गरिराछु ,पत्रकार महासङको सदस्यता लिएको पनि बल्ल केहि बर्स भयो।दाइको उत्तर दिने शैली पनि दामी लाग्यो।।ठाँउको ठाँउ कति गज्जबको उतर दिन सक्ने क्षमता ,माने दाइ माने।
प्रश्न गर्ने शैलिको त के कुरा गर्ने होर ,फ्यान नै हु म ।ग्राउन्ड जिरो रिपोर्टिङको बारेमा पनि कुरा भयो,इन्भेस्टिगेटिभ जर्नालिजम कसरी गर्ने धेर थोर सिकियो यस्तै यस्तै धेरै फलदायी बन्यो दाइसङको २५ मिनेटको बसाइ।दाइले आफू पहिला चलचित्र पत्रकारिता गरेको कुरा पनि सुनाउनुभयो।मिडियालाइ चाहिने सबै सिपहरु रहेछ दाइसङ।क्यामेरा चलाउने,एडिटिङ देखि लिएर मार्केटिङ सम्मको सिप।दाजुभाइ गहन गफमा भुलियो।बाहिर पालो कुरिरहेका थिए अन्य मानिसहरु।त्येसैले धेरैबेर बस्ने समय थिएन दाइ सङ।
तर छोटो भेट एकदम सार्थक र फलदायी बन्यो।छुटनिबेलामा मैले दाइलाइ चितवनका जल्दाबल्दा इस्सुजको बारेमा रिपोर्टिङ गराए।दाइले विषय हेरेर फलोअप गर्ने बाचा गर्नुभयो। हुन त भेट पहिलोपटक भएको थियो तर कुरा भने सधैँ एउटै घरमा बस्ने दाजुभाइ जस्तो ,धेरैजसो कुरा मिल्ने।
करिब ३० बर्षिय केटोले यस्तो जोखिम मोलेको देख्दा पत्रकारिताको स्कोप बल्ल शुरु भएको हो कि भन्नी भान भयो। दाइले यति धेरै जोखिम मोलेर काम गर्दा नि परिवारको सपोर्ट छैन भन्दा दुख लाग्यो ।उहाँलाइ दाइने हात काटछु भन्दै कसैले धम्काएका छ्न रे ।सुरक्षाको सवालमा आफ्नो कन्फिडेन्सलेनै अहिले सम्म बाँचिरहेको दाइले बताउनुभयो।
दाजुकाे अात्मविश्वास देखेर दन्ग पर्दै फेरी भेटन बाचासहित रात्रीबस चढेर चितवन फँर्किए म ।


प्रतिकृया दिनुहोस्