१ फाल्गुन ,चितवन नवलपुरको सामुदायिक रेडियो मध्यबिन्दु एफएम १०१ मेघाहर्ज ,शनिबार १० बजेको समाचार पछिको आशिष् रेग्मी दाजुको कार्यक्रम मध्यबिन्दु क्विज ।८ कक्षामा पढदै गर्दा रेडियो सङै बिहान उठने ,रेडियो सङै खाने,रेडियो सङै सुत्ने ।साच्चै रेडियो मेरो मिल्ने साथी ,हरपल सङै। रेडियोसङैको गज्जबको दैनिकी थ्यो उ बेला। बिहान ७:३० को राजेश सोनाम दाजुको राशिफल सुनाउने कार्यक्रम सुभ प्रभात देखि दिउँसो मध्यबिन्दु एड स्टार ,साथिसङ मनका कुरा (यौन सम्बन्धी कथा आउदा इएर्फोन लगाएर सुनिएको त्यो क्षण , शिबलाल भुसाल दाइको टेन इन वान ,रोचक प्रसङ ,साझ ६ बजेतिर लोकदोहोरीको फोन इन कार्यक्रम ,राती ८ बजे अनिल ढकाल र सुबास पन्डितदाइको ब्रेक थ्रु , अनि सुत्नी बेलामा खुलदुली डटकम ,,क्या यादगार थिए ती पलहरु। हुँदा हुँदै चरम लोडसेडिङको मारमा नेपालको बिश्वकप कृकेट समेत रेडियोमा सुन्दाको मज्जा बेग्लै थियो ।
मध्यबिन्दु एफएम ,कालिका एफएम ,सिनर्जी एफएम ,त्रिबेणि एफएम र बिजय एफएमले एक छ्त्रराज गरिरहेको त्यो समयमा सामार्थ्ये र नवलपुर एफएम थपिएपछी फृक्वेन्सी परिबर्तन गर्दै रेडियो सुन्नुको त्यो मज्जा,शब्दमा के बर्णन गरुँ ।रेडियो कार्यक्रम मध्यबिन्दु एड स्टारमा बिजेता भएर रेडियो सेट पुरस्कार लिन जादाको त्यो क्षण ।
कमेडि कार्यक्रममा बुढा मान्छेको आवाजमा बोल्ने मान्छे साच्चै ८४ बा नै होलान भन्ने बाल मस्तिष्कमा रेडियोमा पुरस्कार लिन जादा नवराज अधिकारी ,बिबेक भनडारी ,सनत अन्जाम , तिर्थराज डुम्रे ,खगराज सापकोटा त तन्नेरि बा रहेको थाहा पाँउदा झन उहाँहरुप्रति बढेको त्यो सम्मान।बिद्यालयमा बिबिध कार्यक्रमको रिपोर्टिङ गर्न रेडियोकर्मी आउँदा जानि नजानी प्रत्यक्ष वा रेकर्ड बाइट दिने गर्थे म।के के बोल्थे ,उहाँहरुले सोधेका सवालमा उचित जवाफ दिन सके सकिन ,त्यो त म भन्न सक्दिन तर बोल्न चाहिँ धाराप्रबाह बोल्ने गर्थे रे म ।कति रेडियोकर्मी दाइदिदिले त यो भाइ पक्का रेडियोकर्मी बन्छ भनेर लख काटनुथ्यो।यसरी नै म मा बिस्तारै रेडियोको भुत सवार हुन थाल्यो।सवार भएको भुतले एसएलसी दिदा अलिकति ब्रेक लागेपनी एसएलसी पछि रेडियोमै काम गर्ने भुत पुनः जागृत भयो।
त्रिबेणि एफएम , कालिका एफएम , सिनर्जी एफएम चहार्दै गुरुकुल कलेजमा बिज्ञानमा भर्ना भएपछी त्येतिबेला रेडियोमा बोल्ने सपना त्येतिकै थाति रह्यो।१२ पछि स्नातक पढने बेलामा समेत रेडियोको भुतले पिछा गरिरह्यो।पाँच बर्ष अघि हाम्रो एफएममा आर जे को आवेदन माग गरेको कुरा उत्तम अधिकारी दाइले थाहा दिएपछी रेडियोमा बोल्ने थाती रहेको सपना पूरा हुने आशा पुनः पलायो।पानीमा भिज्दै हाम्रो एफएममा काम गरिसकेका सुशील पन्त दाइलाई यस बारेमा बुझे।उहाँले एउटा कार्यक्रम चलाउन सल्लाह दिनुभयो।
फाल्गुन ७,२०७५ , समिरानन्द चापगाइको साथमा हाम्रा बा कमेडि कार्यक्रम मार्फत औपचारिक रेडियो यात्रा सुरु भयो।पहिलोपटक रेडियोमा बोलेरै खेमराज ढकाल सरबाट पारिश्रमिक लिदाको त्यो यादगार क्षण।आशा खरेल दिदिको स्कुटिमा बसेर देबघाट पुगि लाइभ रिपोर्टिङ गर्दा होस या आखा अस्पतालको साइडमा रेमन खरेलसङ चाउमिनको त्यान्द्रो चम्चाले तान्दै रेडियोमा भबिस्य बारे भलाकुसारी गर्दा होस ,ज्योति दिदी र निशा दिदीलाई अनियर जादा प्रबिधिकक्षमा बसेर जिस्काउदाका ती क्षणहरु ,साच्चै सम्झनालायक थिए। सुजन खनाल दाइको आफ्नै शैली ,हेर्न लायक हुन्थ्यो।रेडियो कार्यक्रममा मात्रै सिमित हुन बिस्तारै मनले मानेन।यता कालिका टिभिमा भ्याकेन्सी खुलेको बेला, केही नसोची अप्लाइ गरे । अभियान टेलिभिजनमा काम गरिसकेको अनुभवले कालिकामा अप्लाइ गर्न आत्मबल मिल्यो ।भोइस टेस्ट र स्कृन टेस्टमा छ्नौट भएनी अनियर जाने ब्येबस्थापनबाट कुनै निर्णय नआएपछी कहिले टिभिको त कहिले एफएमको स्टुडियो तलमाथी गर्दै समय बित्ने गर्थ्यो । रेडियोबाट यस्तो हुदा कहिले आक्रोश त कहिले बेचैनि नभएको भने होइन तर आफुमा दरिलो आत्मबिश्वास भएकै कारण हिम्मत हार्ने कुरै थिएन।
शम्भु बिक दाइलाई कार्यक्रमको चाङ थियो ,सायद म मा रेडियोप्रतिको लगाव देखेर सम्भु दाइले एकदिन मलाइ रात्रीकालिन कार्यक्रमको प्रस्ताब गर्नुभयो।अक्सर राती कार्यक्रम स्टुडियोमै प्रत्यक्ष सन्चालन कमै हुन्थे ।धेरै जसो रेकर्ड कार्यक्रम बजाइन्थ्यो रातको समयमा। तर दाइले प्रस्ताब गरेको त्यो कार्यक्रम प्रत्यक्ष संचालन गर्नुपर्ने थियो ,त्यो पनि रातको समयमा बिहिबार बिबिसिपछि राती १० बजेसम्म स्टुडियोबाट लाइभ । फेसबुक मार्फत कमेन्ट पढनुपर्ने कार्यक्रम थियो, फेसबुक मेनिया।केही साताको तयारी पछि उहीँ जोस र उर्जा सहित रेडियोमा फेरि आवाज गुन्जिन थाल्यो ।यस बिचमा साथदिनुहुने सबिता अधिकारी , तिलक पौडेल , सबिता दराइ,समीक्षा पुरी ,मनोज पन्त , रबिन सुवेदी ,बिबेक पोखरेल ,राजु सापकोटा ,अनिल भट्टराई , मिरा रानाभाट, मुना लम्तरी मगर , गिता गुरुङ, स्व.द्वारिका नेपाल, सुनिल पराजुली , इराधा केसि ,सबिना क्षेत्री ,आयुस न्यौपाने ,सुरज किरण ,जीवन आले मगर ,वसन्त ढुङ्गाना ,अरु धेरै हुनुहुन्छ ।उहाँहरुलाइ मनैबाट नमन ,हार्दिक कृतज्ञता ।हाम्रो एफएममा र कालिका एफएममा गुन्जिएको आवाजमा फरक थ्यो ,हाम्रोमा समिरानन्द चापगाइ(क्यारेकेटेड) ,यता कालिकामा समीर चापागाइ (ओरिजिनल)।
यसरि नै हाम्रोएफएममा सिकेको रेडियो कार्यक्रम प्रस्तुति कलालाई निखार्दै कालिकाएफएममा समाचार रिपोर्टिङ ,लेखनसिक्ने अबसर मिल्यो।बिचको समयमा कोरोना कहरमा होम आइशोलेशनमा बसि गाउँघरबाट लाइभ रिपोर्टिङ गर्दै रेडियोको यात्रा अगाडि बढयो।अहिलेपनि म रेडियोमा रमाइरहेको हुन्छु। बुढाेहुदा सम्म पनि रेडियोमा बोल्ने धोको साचिराखेको छु।रेडियोप्रतिको लगाव अहिले पनि डगमगाएको छैन ,र कहिलै डगमगाउन दिने छैन।
रेडियोप्रति सधैं मेरो सम्मान छ ,कुनै गुनासो छैन ।तर रेडियोको अस्तित्वको चुनौतीलाई स्विकार्दै रेडियोलाई अप्डेट र अपग्रेड गर्नु अब ढिला गर्नु किमार्थ हुदैन।यदि रेडियोलाई जिबित राख्ने हो भने श्रमजीवीहरुको क्षमता,सीप ,कलालाई नजर अन्दाज गर्नु हुदैन।आज पनी मानिस सत्य सूचनाको खोजिमा छ , यसका लागि धेरै संचारमाध्यम त छ्न ,तर बिस्वस्नियताको आधारमा आजपनि रेडियो उनिहरुको पहिलो रोजाइ बन्न सक्छ ।जो हिजो थियो।रेडियोजिबन जवानीलाई निखार्ने प्लायटर्म बन्नु पर्छ न कि जवानी बिगार्ने कारखाना।अब पनि बहुसंख्यक स्रोताले कल गर्लान् फोनइन कार्यक्रममा भनी सोच्नु मुर्खता हुन सक्छ , अहिलेका श्रोतासङ त्येति धेरै समय पनि छैन तर कन्टेन्टमा दम छ भने अहिले पनि मानिसले रेडियो सुन्नेमा दुइमत छैन।
यति धेरै पाँच बर्सिय रेडियोको यात्रा नै सबिस्तार गरेपछी मैले अबको कुरा लुकाए भने गद्दारी हुन्छ ।अर्गानिक कन्टेनट बनाउन रेडियोले समयमै बाताबरण नबनाउदा ,प्रसारणतालिका अनुसार समयमा जस्तो सुकै कार्यक्रम जोसुकैले नै भएनी प्रसारण गर्नुपर्ने रेडियोको बिबशता , कार्यक्रम प्रस्तोताको न्युन पारिश्रमिक , अनलाइनमा आएका अरुका समाचार ताजा समाचार भन्दै बिना तथ्यजाच कपिपेस्ट बाचन गर्ने , न्युजको एङलको विषयमा भन्दा अन्यत्र कुराको चियोचर्चा हुने ,खर्चिलो रेडियोको ब्येबस्थापन ,रेडियो संचालकको निष्क्रियता ।यी इत्यादी कारणले गर्दा कुनैसमयका रेडियोका सेलिब्रेटि आज रेडियोबाट पलायन भइसकेको अबस्था छ। त्येसैले रेडियो संचालकहरु उदार मन लिएर आउनुस ,रेडियोलाई बचाइराख्न होस्टेमा हैसे गर्न हामी सबै रेडियोकर्मी तयार छौ । तपाइँहरु दीर्घकालीन योजना बनाएर अघि बढनुस , आजकालका जमानामा नि रेडियो कसले सुन्छ र भनेर सामाजिक संजालमा रमाउनेहरुलाई कन्भिन्स हामी गर्छौ । हेक्का राख्नुस सामाजिक संजालमा तपाइलाइ जानकारी दिने ब्येक्तीपनि कुनै समय रेडियो/ टिभि/ छापा कै धरातलबाट आएको हो।
जय रेडियो ।जय रेडियोकर्मी ।जय श्रोता।।।विश्व रेडियो दिवसको सुभकामना।।।


प्रतिकृया दिनुहोस्