चितवन, चैत ५
चितवनको रत्ननगर–६ बछौंलीका ४२ वर्षीय राम रिजाल आयरल्याण्डमा मृत भेटिएका छन् ।गत शुक्रबार आयरल्याण्डको घर नजिकैको जंगल डियर पार्क प्लेस टाला डब्लिनमा उनी मृत भेटिएका हुन् ।
मृत्युकाे कारण भने अहिले सम्म खुलेकाे छैन । पोष्टमार्टम रिपोर्ट आइनसकेकोले के भएको भन्ने नखुलेको बताइएकाे छ । रिपोर्ट हेरेपछि उनको शव नेपाल ल्याउने वा नल्याउने निर्णय गरिने पारिवारिक स्रोतले बताएको छ ।
उनको दुई छोरा र एक श्रीमती आयरल्याण्डमा छन् भने सौराहामा आमाबुबा छन् ।


प्रतिकृया दिनुहोस्