काठमाडौं, १७ बैशाख । इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६,६२८ मतको अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१,३८० मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले १० हजार १ सय ४६ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३६०३ मत प्राप्त गरेका छन्।


प्रतिकृया दिनुहोस्