श्रावण महिनाको महिमालाई अझै प्रभावकारी बनाउन शनिवार आर्ट अफ लिभिङ चितवनले सामुहकि रुद्राधिभिषेक गर्ने भएको छ । चितवनको भरतपुर केन्द्रिय बस ट्रमिनल नजिक रहेको सिरिनी बन्क्युट होटलमा सामुहिक रुद्री पुजा हुन लागेको हो ।
हिन्दु परम्परा अनुसार श्रावण महिनालाई भगवान शिवको आराधाना गर्ने प्रचलन भएकोले आर्ट अफ लिभिङ चितवनले यस्तो कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले जानकारी दिएको छ । बेलुका साढे ४ बजे हुने कार्यक्रममा सहभागिताको लागि आम सर्वसाधारणलाई निशुल्क आमन्त्रण गरिएको छ ।
चितवनमा आर्ट अफ लिभिङले तनाव मुक्त रहेर जिवन जिउने कला सशुल्क रुपमा सिकाउदै आएको छ । मानविय र सामाजिक कार्यमा अग्रसर रहेको संस्थाले आम नागरिकको चाहाना अनुरुपका कार्यक्रमलाई समेत साथ दिदै आएको छ।


प्रतिकृया दिनुहोस्