१७ असार,चितवन।
युवाले चितवनमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारकाे ३ महिने कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुले नै युवाहरुका लागि केही गर्नु पर्छ भन्ने उदेश्यले पुर्वीचितवनकाे रत्ननगर नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धित विविध कार्यक्रमहरु गरेको हाे ।
कार्यक्रम अन्तर्गत चितवनका विभिन्न ठाउँबाट छानिएका १६ जनाको प्रतिनिधिहरूले रत्ननगरको प्रत्येक वडासंग समन्वय गरेका थिए। बाल क्लबसंगकाे अन्तरक्रियाका साथै असल छुवाई ,खराब छुवाई, महिनावारी , प्रजनन स्वास्थ्य अधिकार , प्रत्यक सरकारी विद्यालयमा गुनासाे सुन्ने संयन्त्र, प्याड वितरण जस्ता थुप्रै कार्यक्रमहरु गरिएकाे संस्थाकि स्थानिय संयाेजकले बताए।
यस्तै संयाेजकका अनुसार युवाले स्थानियस्तरका बाल क्लबलाई सक्रिय बनाउन आर्थिक वर्ष २०८१/८२ मा बजेट विनियोजन गर्न रत्ननगरका प्रत्यक वडासंग प्रतिबद्धता पत्र समेत बनाउन लगाएको थियाे ।
संस्थाले २००९ मा स्थापना भई आजसम्म देशका विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ ।युवामा १६ देखि २९ वर्ष समूहका मानिसहरु आबद्ध रहन पाउने प्रावधान रहेको छ ।


प्रतिकृया दिनुहोस्