अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवनले चार जना युवालाई सम्मान गरेको छ ।
संस्थाले विभीन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवाहरुलाई “बेटर युथ अवार्ड” र “युथ रिकोनाइजेसन” अवार्डबाट चार युवालाई सम्मान गरेको हो ।
संस्थाको बेटर युथ अवार्डबाट पछिल्लो समयका चर्चित युवा गायक सुजन चापागाईलाई सम्मानित भएका छन् । चितवनका गायक चापागाई तीन पाते, गाला पुक्क, घुमिघुमि लगायतका विभीन्न गीतबाट चर्चामा आएका हुन्।
यस्तै “युथ रिकोनाइजेसन अवार्ड” बाट पशुकल्याण र अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिराखेका रत्ननगर टाँडीका सुराजन श्रेष्ठ, माडी नगरपालिकाका बोन्साइ आर्टिस्ट प्रताप केसी र पत्रकार निशा श्रेष्ठलाई सम्मानित भएका छन् ।
सम्मानित युवाहरुलाई भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल र बेटर चितवनका कार्यक्रम संयोजक समुन्द्र भटट्राईले सम्मानपत्र हस्तान्त्रण गरेका थिए । बेटर चितवनले पत्येक वर्ष युवा दिवसको अवसरमा “युथवन” कार्यक्रम गर्दै आएको छ । सो अवसरमा विभीन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवाहरुलाई वर्षेनी सम्मान गर्दै आएको “युथवन” कार्यक्रमका संयोजक नवीन थापाले जानकारी दिए ।
यस्तै युवा दिवसकै अवसरमा आयोजना गरिएको अनलाइन कविता प्रतियोगितामा उत्कृष्ट तीन कविता छनोट गरि पुरस्कार वितरण गरिएको छ । “समृद्ध नेपालको लागि युवाको पुर्नसंरचना” नामक विषयमा क्रमश प्रथम, द्धितीय र तितृय भएका सम्यकराज चालिसे, परिवेश चापागाईँ र रिता उपाध्ययलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा तीनैजनाले आफ्नो कविता पनि वाचन गरेका थिए ।
६ अगस्टदेखि १२ अगस्टसम्म भएको “युथवनमा” युथ फोरम, सास्कृतिक प्रस्तुती, साइकल र्याली, स्टार्टअप मिटअप लगायत विभीन्न कार्यक्रमहरु गरिएको संयोजक थापाले जानकारी दिए । कार्यक्रमलाई डीआर साइकल स्टोर्स,सम्पूर्ण किताब, निप्पोन एजुकेसनल कन्सलटेन्सी, भिट्टो एजुकेसन, प्लानट प्याराडाइज र नेपाल विकास समाजलगायतका विभिन्न संघसंस्थाहरुको विशेष सहयोग रहेको थियो ।


प्रतिकृया दिनुहोस्