१३ भदाै , चितवन।
चितवनमा चट्याङ लागेर एकजनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।बिहिबार दिउँसाे परेकाे चट्याङका कारण कालिका १० पाइमराङका ५० वर्षका दिल बहादुर प्रजाकाे मृत्यु भएकाे हाे ।
आफ्नै घर देखि करिब १ किलाेमिटर पुर्व स्थित सम्दिनि ज्ञानिमाया को घरमा गएकि प्रजाकाे चट्याङ लागेर मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएकाे छ । यस्तै साेहि ठाँउ बस्ने वर्ष २४ कि सरिता चेपाङपनि चट्याङ लागेर घाइते भएकि छिन् । उनकाे दाहिने हात र दाहिने खुट्टामा चाेट लागेकाे छ ।
घाईते उनलाइ उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकाे चितवन प्रहरीले जानकारी दिएकाे छ । घाइते चेपाङकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस्