५ भदौ ,चितवन ।
चितवनमा आज एलपी ग्याँस वितरण नहुने भएको छ ।
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं। १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न त नावपछि सडक अबरुद्ध हुँदा चितवन आउन लागेका ग्याँसका बुलेट सिमारामा रोकिएका हुन ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज ग्याँस वितरण नहुने र भोली शनिवार वितरणको व्यवस्था मिलाइएको जनाएको छ ।
गतसाता चितवन प्रशासनले एकै दिन तीन हजार ग्याँस सिलिण्डर वितरण गरेको थियो ।


प्रतिकृया दिनुहोस्