२७ साउन ,चितवन
चितवनको कालिका नगरपालिकाले शुक्रवार फूलका विरुवाहरु रोपेको छ । नगरपालिकाले वडा नं. ८ मा रहेको कालिका मन्दिर परिसरमा ६ हजार सयपत्री फूलका विरुवाहरु रोपेको हो ।
नगरपालिकाका प्रमुख विनोद रेग्मीले आगामी आर्थिक वर्षमा कालिकाका मन्दिर, बाटोघाटो, कुलकुलेसा वरिपरी सयपत्री फूलका विरुवा रोप्ने योजना रहेको बताए ।
उनले भने, “ढकमक्क सयपत्री फूल फुलाएर सुन्दरता ल्याउँछौं, यो सिजनल फूल हो अपसिजनका फूलहरु पनि रोपेर कालिका मन्दिर परिसरको सुन्दरता ल्याउँछौं ।”
आफ्ना कौसिमा विभिन्न किसिमका फूलका बिरुवाहरु रोपेर सुन्दरता बढाउन सम्पूर्ण नगरवासीहरुलाई उनले आग्रह गरे । बिहानै उठेर फुलेको फूल हेर्नाले वास्तु अनुसार सकारात्मक सोच र सन्देश दिने भएकाले फूलका विरुवा खोजी खोजी रोप्नुपर्ने सुझाव दिए ।


प्रतिकृया दिनुहोस्