१२ चैत्र, रत्ननगर । चितवनको रत्ननगर ४, बंगैचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ र कैलाशेश्वर महादेव मन्दिरको संयुक्त आयोजनामा होली बिशेष तथा घैटाे फुटाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्कृतिलाई लक्षित गरि आयोजना गरिने यस्ता खालका कार्यक्रमले भाईचारा वृद्धि गर्ने साथै आत्मियता बढाउने हुँदा यस्तो कार्यक्रमको विशेष महत्व रहने रत्ननगर-४ का वडाध्यक्ष रामकुमार चौधरीले बताए।
होली विशेष कार्यक्रममा चितवनकि कलाकार समिरा सुनारले मिठो साङितिक प्रस्तुतिले दर्शकलाई नचाएकी थिइन ।सुनारसङै विका महतो, रामप्रित महतो लगायत अन्य स्थानिय कलाकारहरुले समेत आआफ्नो प्रस्तुती राखेका थिए । कलाकारहरुको होली गीतमा दर्शक हरुले नाचेर साथ दिएका थिए । रंगीविरंगी स्थानियहरुले रंगहरु हावामा उडाउदै नृत्य गरेको दृश्य रोमाञ्चक देखिन्थ्यो।
कार्यक्रमको अर्को आकर्षण थियो घैटो फुटाई कार्यक्रम। प्रतियोगिता मा रत्ननगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरीले घैटो फुटाए। यस्तै स्थानिय अनिता विश्वकर्माले पनि घैटो फ़ुटाउन सफल भएकी थिइन । विजेतालाई भित्तेघडी प्रदान गरिएको थियो ।


प्रतिकृया दिनुहोस्