मत्स्य पालन तथा गुणस्तरीय माछाको दानामा स्वच्छता सम्बन्धी बिज्ञ र कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम चितवनको रत्ननगरमा शनिवार भएको छ ।
चितवन सामुदायिक माछा दाना उद्योगको आयोजना र नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय कार्यसमिति चितवनको सह आयोजनामा भएको उक्त कार्यक्रममा माछाको दाना उत्पादन, गुणस्तर र प्रयोगका विषयमा जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।
मत्स्य विकास अधिकृत डा. गणेश अधिकारले प्रशिक्षण दिएको कार्यक्रममा बिज्ञ तथा कृषकहरुले उपभोक्ताहरुमा माछाको माग बढ्दै गएकाले दाना उद्योगहरुले गुणस्तरीय माछाको दाना उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले मत्स्य सम्बन्धि कानुनी व्यवस्था, गुणस्तरीय उत्पादन सामाग्रीहरुको उपलव्धता, प्रविधिहरुको क्षमता अभिवृद्धि र उपभोक्ताहरुको माग अनुसार स्वच्छ माछाको आपूर्ती गराउन अत्यन्त आवश्यक रहेकोमा जोड दिए ।


प्रतिकृया दिनुहोस्