१२ भदाै, चितवन। चितवनकाे भरतपुर र रत्नगरबाट मंगलबार देखि हराइरहेका स्कुल पढ्ने बालक अहिले भेटिए ।

पुर्वी चितवनकाे रत्ननगर नगरपालिका ३ का जोनी तिमिल्सिना,लभ महतो र कुश महतो साँझदेखि परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रध्यानाध्यापक रामचन्द्र महतोले तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको बताए ।
उनका अनुसार लभ र कुश खैरहनी माध्यामिक विद्यालयमा अध्ययनरत छन भने जोनी आधारभुत विद्यालय बेल्सीमा कक्षा ३ मा अध्ययनरत छन ।
यस्तै मंगलबारनै भरतपुरको सनराइज बोर्डिङ स्कुलकाे हाेस्टलबाट हराइरहेका विद्यार्थी भेटिएका छन् ।कक्षा पाँचमा पढ्ने ११ वर्षीय विद्यार्थी संयाेगबहादुर पौडेल अहिले परिवारकाे सम्पर्कमा आएका छन् ।

भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा छिन्।साथीसँग झगडा भएपछि आँफू स्कुलबाट भागेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बालक भेटिएको र थप अनुसन्धान भइरहेको बताए।


प्रतिकृया दिनुहोस्