१३ भदौ ,चितवन । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा जिल्ला स्तरीय प्रथम तीज गित प्रतियोगिता २०८१ गर्ने भएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले प्रवास र प्रदेशीको भावनासँग केन्द्रित शिर्षकमा तिज गित प्रतियोगिता गर्ने भएको हो ।
चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दै उनिहरुमा भएको प्रतिभाको खोजी गर्ने , कला तथा संस्कृतिका जगेर्ना गर्ने , र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यका साथ तिज गित प्रतियोगिता गर्ने लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।
भदौ १५ गते रत्ननगर नगरपालिका ०१, टाँडी सौराहा चोक मा रहेको होटल गंगोत्रीमा बिहान १० बजे बाट प्रतियोगिता सुरु हुनेछ । सो कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट चार प्रतियोगी समुहहरू छनौट गरि पुरस्कृत गरिनुका साथै प्रमाणपत्र प्रदान गरिने छ । प्रथम हुनेलाई ३३ हजार रुपैयाँ , द्धितियलाई २२ हजार रुपैयाँ ,तृतियलाई ११ हजार रुपैया र सान्त्वना ५ हजार रुपैयाँ प्रदान गरिने छ।
संस्थाका द्वितीय उपाध्यक्ष ईश्वर राज अधिकारीले हाल सम्म १६ वटा समूहले नाम दर्ता गरिसकेको बताए ।


प्रतिकृया दिनुहोस्