समाचार
युक्रेनलाई थप हतियार उपलब्ध गराउने नेटोको वाचा
एजेन्सी, मंसिर १४- उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ । रोमानियाको राजधानी बुकारेस्टमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकमा नेटो प्रमुख स्टोलटेनबेर्गले वास्तवमा युद्धको मैदानमा रुस असफल भएको टिप्पणी गर्नुभएको छ । सैन्य […]
पूरा पढ्नुहोस्
विश्वकप तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकार
एजेन्सी, मंसिर १४- फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् । कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी पत्रिका ‘बिजनेश स्ट्यान्डर्ड’मा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले […]
पूरा पढ्नुहोस्
समयमै काम नगर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं, मंसिर १४ सरकारले काम ढिला गर्ने अर्थात समयमै काम नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ। यी कम्पनीले कालोसूचीमा रहुन्जेल कुनै पनि सरकारी ठेक्का पट्टाको […]
पूरा पढ्नुहोस्
मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एक जनाको ज्यान गयो
हेटौंडा, मंसिर १४- मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प […]
पूरा पढ्नुहोस्
फेसबुक मातृ कम्पनी मेटामाथि ३५ अर्ब जरिवाना
काठमाडौं, मंसिर- १४ युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो ।आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक […]
पूरा पढ्नुहोस्
चितवनको तामिनमा रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान
–कृष्ण आचार्य भरतपुर, मङ्सिर- १४ चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् […]
पूरा पढ्नुहोस्
मिस अर्थमा इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट
काठमाडौं, मंसिर -१४ मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् । पेजेन्टको सबटाइटल इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको छ । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै […]
पूरा पढ्नुहोस्
विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
–नारायण अधिकारी चितवन, मङ्सिर -१४ विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ । अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था […]
पूरा पढ्नुहोस्
चुनावको परिणम अपेक्षाकृत नहुदा हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयोः राप्रपा नेपाल
काठमाडौं, मंसिर १३- राप्रपा नेपालले आम चुनावको परिणम अपेक्षाकृत नभएको बताएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ । यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा […]
पूरा पढ्नुहोस्
एकलौटीरूपमा महानगर डोजर लिएर सुकुम्वासीे बस्तीमा पुगेको भूमि आयोगको आरोप
काठमाण्डौ, मंसिर १३– राष्ट्रिय भूमि आयोग जिल्ला काठमाण्डौले सुकुम्वासीको उचित व्यवस्थापनविना नै काठमाण्डौ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटीरूपमा अघि बढेको पाइएको आयोगको भनाइ छ । आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग जिल्ला काठमाण्डौका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्वासीको उचित […]
पूरा पढ्नुहोस्
ओलीको टिप्पणीः स्वतन्त्र पार्टी र अमेरिकाको फ्रिडम पार्टीको नाम र चिन्ह दुरुस्तै मिल्छ
काठमाडौं, मंसिर -१३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गरेका छन्। मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने बताए। ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिन्ह घण्टी छ। फ्रिडम […]
पूरा पढ्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
नयाँदिल्ली, मंसिर -१३ भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन । पछिल्लो २४ घण्टामा दुई सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका र हाल भारतमा चार हजार नौ सय ८२ सक्रिय […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत, समानुपातिकमा एमाले अगाडि
काठमाडौं, मंसिर- १३ बागमती प्रदेशमा सभामा सरकार गठनका लागि सत्ता गठबन्धनलाई आरामदायी बहुमत पुग्ने भएको छ। १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। प्रदेश सभामा ६६ जना सांसद प्रत्यक्षबाट र ४४ जना समानुपातिक प्रणालीबाट चयन हुन्छन्। सत्ता गठबन्धनले प्रत्यक्षतर्फ नै ४३ सिट जितेको छ भने समानुपातिकतर्फ पनि गठबन्धनकै अग्रता […]
पूरा पढ्नुहोस्
तालिबानद्धारा आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश
एजेन्सी, मंसिर- १३ पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । सरकारले सम्झौता पालना नगरेको तालिबानको आरोप रहेको समाचार संस्था एएफपीले जनाएको छ । विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध […]
पूरा पढ्नुहोस्
सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थाल्यो
मध्यविन्दु, मंसिर-१३ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । सम्बन्धित वडामा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना […]
पूरा पढ्नुहोस्
माडीको रामधाममा विवाह पञ्चमी समारोह
चितवन, मंसिर -१३ माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो । पूजा व्यवस्थापन समितिका संयोजक मथुराबहादुर भण्डारीका अनुसार बिहानदेखि नै मन्दिरमा बाजागाजा, भजनमण्डली र झाँकीसहित विशेष सांस्कृतिक कार्यक्रमका साथ सोमबार विवाह पञ्चमी मनाइएको हो […]
पूरा पढ्नुहोस्
चिसो क्रमशः बढ्दै सावधानी अपनाउन महाशाखाको अनुरोध
काठमाडौँ, मंसिर- १३ हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउँदै
चितवन, मंसिर १३– भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने भएको छ । आज (मंगलबार) ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा […]
पूरा पढ्नुहोस्
पदयात्रीको प्रमुख गन्तव्य नवलपुरको ‘देवचुली डाँडा’
त्रिवेणी, मंसिर- १३ पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ । यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, […]
पूरा पढ्नुहोस्
छ वटा प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि
काठमाडौँ, मंसिर -१३ प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा […]
पूरा पढ्नुहोस्
