समाचार
सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई तीन प्रतिशत कटाउन मुस्किल
काठमाडौं, मंसिर -१३ सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख […]
पूरा पढ्नुहोस्
नियमित सेवामा फर्किए डा. अधिकारी
चितवन, मंसिर -१३ मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिनुभएको थियो । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नुभएको थियो । […]
पूरा पढ्नुहोस्
सुनको मुल्य घट्यो
काठमाडौँ, मंसिर १३- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार […]
पूरा पढ्नुहोस्
विकासका लागि सुशासन आवश्यक: अध्यक्ष दाहाल
काठमाडौँ, मंसिर -१३ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उहाँकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताउनुभयो । “राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो […]
पूरा पढ्नुहोस्
बजार विश्लेशण प्रशिक्षक निर्माण गर्दै आइटीसी
काठमाडौं मंसिर १२ । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्यापार केन्द्र ( आइटिसी ) ले विकास गरेको व्यापार र बजार पहुँच सम्बन्धी आधुनिक डिजिटल औजारहरूकोबारेमा जानकारी गराइ प्रशिक्षक बनाउने उद्देश्यले आज देखि काठमाडैंमा पाँच दिने प्रशिक्षक तालिम कार्यशाला शुरू भएको छ । तालिममा सिकेका कुरा प्रशिक्षित प्राध्यापकहरूले आफ्नो कार्यस्थलमा आदान प्रदान गर्ने अपेक्षाका साथ यो […]
पूरा पढ्नुहोस्
मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर
बागमती, मंसिर -१२ यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ […]
पूरा पढ्नुहोस्
चितवनका दुई जनालाई डेँगु सङक्रमण पुष्टि
चितवन, मंसिर १२- पछिल्लो २४ घण्टामा दुई जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। यससंगै हालसम्म सङ्क्रमितको संख्या दुई हजार १ सय ९६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार ५ सय ७४ जना, रत्ननगर नगरपालिकाका दुई सय ४९, खैरहनी नगरपालिकाका १ सय ७३ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका […]
पूरा पढ्नुहोस्
घण्टीले आवेशको मत पायोः प्रचण्ड
काठमाडौं, मंसिर- १२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहेनेत गरेर काम गर्दा समेत जनतालाई सन्तुष्टि नमिलेको बताए। उनले भने, ‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित […]
पूरा पढ्नुहोस्
टुकीमै पढ्छन् चितवनका चेपाङ बालबालिका
चितवन, मङ्सिर-१२ ईच्छाकामना गाउँपालिका-१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ । ईच्छाकामना गाउँपालिका-१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरको डोजर सुकुम्बासी बस्तीमा पस्यो, ढुंगामुढा सुरू
काठमाडौं, मंसिर -१२ काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर लगाउने हल्लापछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । आज पौने २ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएको हो । उता सुकुम्बासीहरुले भने बस्तीमा डोजर चलेपछि ढुंगामुढा प्रहार गरेका छन् ।
पूरा पढ्नुहोस्
विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलियो
एजेन्सीँ, मंसिर -१२ विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ । हिजो मोरक्कोले बेल्जियमलाई २–० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ । कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल […]
पूरा पढ्नुहोस्
एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र
काठमाडौँ, मंसिर-१२ अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर […]
पूरा पढ्नुहोस्
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
काठमाडौँ, मङ्सिर – १२ निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य […]
पूरा पढ्नुहोस्
कोरियाको रोजगारीका लागि भित्र परीक्षाको आवेदन दिने मिति तोकियो
काठमाण्डौ, मंसिर १२ – कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो पुस ४ गतेदेखि ८ गते अर्थात् १९ डिसेम्बर देखि २३ डिसेम्बर भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन अनलाइनबाट मात्र दिन सकिन्छ । आवेदन फारम […]
पूरा पढ्नुहोस्
‘महापुरूषु’ ले गर्यो १० करोडको व्यापार
काठमाडौँ, मंसिर -१२ कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार […]
पूरा पढ्नुहोस्
हरियो मकै निर्यात गर्दै गैँडाकोट
– टेकराज पोखरेल नवलपुर, मंसिर -१२ सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ । काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा उत्पादन हुँदै […]
पूरा पढ्नुहोस्
निमावि तहको १८३ विज्ञान शिक्षक पद रिक्त
काठमाडौं, मंसिर-१२ शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिईएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो । आयोगले प्रदेश-१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, […]
पूरा पढ्नुहोस्
अभिनेता सलोन बस्नेतले गरे विवाह
काठमाडौं, मंसिर १२- अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो । सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ । शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै […]
पूरा पढ्नुहोस्
गठबन्धनलाई निरन्तरता दिन तीन शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं, मंसिर १२- सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ । छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी […]
पूरा पढ्नुहोस्
मेलम्चीको सुरुङमा पानी भर्न सुरु
काठमाडौं, मंसिर -१२ मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालेको हो । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो । गत […]
पूरा पढ्नुहोस्
