१३ आश्विन २०८३, मंगलवार

समाचार

काठमाडौं १ मा अघि लागे रवीन्द्र

काठमाडौं, मंसिर ५- काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उमेदवार रवीन्द्र मिश्र अघि लागेका छन् । ९ हजार २२८ मत गणना हुँदा मिश्रले २ हजार ४१३ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहले दोस्रो स्थानमा रहँदै २ हजार ३०२ मत पाएका छन् । एमालेका उमेदवार किरण पौडेलले १ हजार ४४१ मत पाएका छन् […]

पूरा पढ्नुहोस्

मुस्ताङमा फेरी कांग्रेस कै उम्मेदवार विजयी

मुस्ताङ, मंसिर ५- मुस्ताङ प्रदेशसभा (क) मा कांग्रेस विजयी भएको छ । प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि विजयी भएर खाता खोलेको हो । मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी […]

पूरा पढ्नुहोस्

तनहुँ २ मा कांग्रेसको अग्रता एमाले पछ्याउँदै

दमौली,मंसिर ५- तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शङ्कर भण्डारीले अग्रता लिनुभएको छ । हालसम्म एक हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाउनुभएको छ । नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत […]

पूरा पढ्नुहोस्

मकवानपुर-२ मा एमालेका महेश बर्तौलाको अग्रता

हेटौँडा, मंसिर ५- मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् । दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् । यस्तो छ पछिल्लो मत परिणामः महेश बर्तौला (सुर्य) – ८७५ विरोध खतिवडा (कलम) ८२६ भरत पराजुली (घण्टी) ४५९ राजन […]

पूरा पढ्नुहोस्

चितवन १ मतगणना अपडेटः एमालेको अग्रता कायम

चितवन, मंसिर ५- ८०० गणना एमालेः २०७ कांग्रेसः २८१ घण्टीः २५२

पूरा पढ्नुहोस्

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि

भक्तपुर, मङ्सिर ५- भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो । गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई चार सय ३२ […]

पूरा पढ्नुहोस्

मकवानपुर-१ मा पछि परे कमल थापा

हेटौंडा, मंसिर ५- मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। १३३५ मत गणना सकिँदा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ७८९ मत ल्याएकी छन्। नेकपा एमालेका कमल थापाले ३५१ मत ल्याएका छन्। राप्रपाका दीपक सिंहले ५० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत पाएका छन्। मतगणना जारी छ।  

पूरा पढ्नुहोस्

चितवन १ अपडेटः कांग्रेस पहिलो स्थानमा घण्टी तेस्रो

चितवन, मंसिर ५- विश्व पौडेलः कांग्रेस १११ हरि ढकालः घण्टी ९४ सुरेन्द्र पाण्डेः एमाले ७७

पूरा पढ्नुहोस्

चितवन क्षेत्र न २ मा एमालेको अग्रता स्वतन्त्रका रवि पुछारमा

चितवन, मंसिर ५- चितवन क्षेत्र नम्वर २ मा नेकपा एमालेका कृष्ण भक्त पोखरेलले अग्रता काएम गर्नुभएको छ । उहाँले १०० मत गणना हुदा ५३ मत ल्याउनु भएको हो । यस्तै गठबन्धनबाट उमेश श्रेष्ठ दोस्रो स्थानमा रहेनु भएको छ । उहाँले ३३ मत पाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेभने पुछारामा हुनुहुन्छ उहाँले ५ […]

पूरा पढ्नुहोस्

दाङ ३ मा दीपक गिरीलाई पछि पार्दै कोमल वली

मंसिर ५ , बुटवल दाङ क्षेत्र नम्बर ३ मा जारी मतगणनामा प्रतिननिधी सभातर्फ एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन्। अहिलेसम्म ५ सय ४ मत गनिसक्दा वली १६ मतले अघि छिन्। वलीले २०६ मत ल्याउँदा कांग्रेसका दीपक गिरीले १९१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ७० मत पाएका छन्।

पूरा पढ्नुहोस्

बाजुरा त्रिवेणी घटनाः शान्तिपूर्ण वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ,  मङ्सिर ५- गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल […]

पूरा पढ्नुहोस्

कास्की २- (१) मा राप्रपाको अग्रता

लेखनाथ,  मङ्सिर ५- कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर […]

पूरा पढ्नुहोस्

काठमाडौं-६ मा घण्टीको अग्रता

  काठमाडौं,मंसिर ५- काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।

पूरा पढ्नुहोस्

तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुँदै

तनहुँ, मङ्सिर ५- तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न […]

पूरा पढ्नुहोस्

सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी, मंसिर ५- सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन्। पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका छन्। मतगणनाको प्रारम्भिक नतिजाअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादव तेस्रो स्थानमा छन्। अहिलेसम्म उनले ५९ मत मात्रै […]

पूरा पढ्नुहोस्

अनेरास्ववियू केन्द्रीय सदस्यको हत्या: बाजुरा सदरमुकाम बन्द

कैलाली, मंसिर ५- नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बन्दसँगै बजारका गल्लीहरुमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

पूरा पढ्नुहोस्

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, योगेश गौचन थकाली निर्वाचित

काठमाडौं,मंसिर ५- मनाङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्।

पूरा पढ्नुहोस्

सबै भन्दा कम मत खसेका मतदान केन्द्रहरु

मंसिर ५- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङको एक मतदान केन्द्रमा जम्मा १३ मत खसेको छ। मुस्ताङको सबैभन्दा कम मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र—३ समरको समर मावि मतदान केन्द्रमा कुल ३४ मतदाता रहेकोमा १३ मत खसेको छ। यो कुल मत संख्याको ३८ प्रतिशत हो। त्यसैगरी ताप्लेजुङको सदरमुकामदेखि सबैभन्दा टाढाको मतदानस्थल रहेको फक्ताङ्लुङ गाउँपालिका—७ याङ्मा मतदान केन्द्रमा १६ […]

पूरा पढ्नुहोस्

मुस्ताङमा १४ सय मत गन्न बाँकीः कांग्रेसलाई ६३५ मतको अग्रता

काठमाडौँ, मंसिर ५- प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् । ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार […]

पूरा पढ्नुहोस्

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला, मंसिर ५ हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिमिको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट […]

पूरा पढ्नुहोस्