१३ आश्विन २०८३, मंगलवार

समाचार

बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडी, मङ्सिर ५ – बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको […]

पूरा पढ्नुहोस्

गोरखामा सुरु भएन मतगणना, धाँधली भएको भन्दै पुन:मतदान गर्न माग

पोखरा, मंसिर ५  गोरखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुनस् मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचन विरोधी कार्य भएको भन्दै पुन:मतदान गर्नुपर्ने एमालेको माग छ ।आइतबार मतदानको समय सकिएपछि नेकपा एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्न आनाकानी गरेको थियो । पछि मुचुल्कामा सही गरेर […]

पूरा पढ्नुहोस्

चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु गर्ने तयारी

चितवन, मंंसिर ५- चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ । चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको छ । क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र […]

पूरा पढ्नुहोस्

प्रारम्भिक नतिजा: एमाले ६ स्थानमा अगाडि, २ वटामा कांग्रेसको अग्रता

काठमाडौँ, मंसिर -५  आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ। अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाउन सक्ने देखिएको छ। निर्वाचन आयोगले गरिरेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ […]

पूरा पढ्नुहोस्

चितवनमा मतगणना : सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी

चितवन, मंसिर ५– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान आइतबार सकिए पश्चात सबै मतमेटिका सम्बन्धित क्षेत्रको मतगणना स्थलमा पु¥याइएको छ । आइतबार राति नै मतमेटिका मतगणना स्थलमा पुगेपनि मतगणना भने आजबाट मात्रै हुने भएको छ । सर्वदलीय बैठक बसालेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतहरुको तयारी छ । चितवन क्षेत्र नं १ र २ मा […]

पूरा पढ्नुहोस्

चितवनमा कुन क्षेत्रमा कति मत खस्यो ?

चितवन, मंसिर ५– चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मतदान भएको छ । कुल मतदाता १ लाख ३९ हजार ८४५ मध्ये यस क्षेत्रमा ९६ हजार १०९ जनाले मात्रै मतदान गरेका हुन् । चितवन १ अन्तर्गत पर्ने […]

पूरा पढ्नुहोस्

देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौँ, मंसिर ४- आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद […]

पूरा पढ्नुहोस्

दोलखाका ७ ठाउँको तनाव नियन्त्रण गर्न २६ राउन्ड फायर

दोलखा, मंसिर ४- झडप र विवादका कारण दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । ७ ठाउँमा तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले बताए । गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान सुचारु हुन सकेको छैन । बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ मा पनि […]

पूरा पढ्नुहोस्

चितवनमा ५३ प्रतिशत मत खस्यो

चितवन, मंसिर ४- चितवनमा साढे २ बजेसम्म करिब ५३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाभर मतदान जारी छ। कुनै मतदान स्थलमा ५६ प्रतिशतसम्म मत खसेको उहाँले बताउनुभयो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ।

पूरा पढ्नुहोस्

मतपेटिका जलाउने प्रयासपछि राप्ती ८ मा मतदान स्थगित

चितवन, मंसिर ४– चितवनमा मतपेटिका जलाउने प्रयास भएपछि मतदान स्थगित भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो । त्यसलगत्तै मतदान स्थगित भएको हो । निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको  […]

पूरा पढ्नुहोस्

पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट गरे मतदान

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट मतदान गर्नुभएको छ। चितवन क्षेत्र नं.३ बाट प्रतनिधिसिभामा प्रत्यक्षतर्फका उमेदवारसमेत रहनुभएका नेता पाण्डेले भरतपुर–२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। नेता पाण्डेले बिहान करिब ७ः३० बजे मतदान गर्नुभएको हो। मतदान गरिसकेपछि नेता पाण्डेले यसपटकको निर्वाचन यसअघिका भन्दा विशेष रहेको […]

पूरा पढ्नुहोस्

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। आयुक्त थपलियाले आइतबार बिहानै भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा गएर मत खसालेका हुन्। उनले युनिक नेपाल एकेडेमी स्थित केन्द्रबाट मत दिएका हुन्। देशभर बिहानैदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदाताले मत दिन थालेका छन्।

पूरा पढ्नुहोस्

कुलमान घिसिङले रामेछापबाट गरे मतदान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

पूरा पढ्नुहोस्

भ्रामक सामग्री फैलाउनेलाई कारबाही गर्न महासंघको माग

काठमाण्डौ,मंसिर ३– नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशन नै नभएका विषयवस्तुलाई प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति निकालेर स्थापित सञ्चारमाध्यमको लोगो प्रयोग गरेर झुटो समाचार बनाइ इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक सञ्जालमा प्रयोग गर्नु साइबर अपराध समेत भएको महासंघले जनाएको हो । यस्ता घटनालाई नजिकबाट […]

पूरा पढ्नुहोस्

पानी ट्यांकी मतदान केन्द्रबाट भोट हाले रबीले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चावहिल महांकालस्थित पानी ट्यांकी मतदान केन्द्रबाट भोट हालेका छन् । मतदानपछि उनले मतपेटिका ढोगेका छन् ।  

पूरा पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे शान्तिपुर मतदान केन्द्रबाट मतदान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

पूरा पढ्नुहोस्

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्दै एमाले सचिव योगेश भट्टराईले मागे मत

ताप्लेजुङ, मंसिर ३ आचारसंहिता उल्लंघन गर्दै ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका एमाले सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले आफ्ना योजनासहितको भिडियो पोस्ट गर्दै मत मागेका छ्न् । गए राती उनले ताप्लेजुङमा आफूले विकासको आवश्यकता र जनभावनालाई बुझ्दै जिल्लाको विकास र निर्माणमा पहल गरेको भन्दै भोट दिन अपिल गरेका छन् । उनले आफूले ५ वर्षमा केन्द्रबाट […]

पूरा पढ्नुहोस्

नवलपुरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

नवलपुर, मंसिर ३- नवलपुरको मध्यविन्दु– १३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु बम नभई उक्त हुक्स (क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु) रहेको प्रहरीले जनाएको छ। बिहान ७ः३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु ९कुकर०भित्र पटका भरेर राखिएको थियो। प्लास्टिकले बेरिएको प्रेसर […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोग नजिकै कालो झण्डा देखाएर क्रान्तिकारी माओवादीको प्रदर्शन

काठमाडौं, मंसिर ३- नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पूरा पढ्नुहोस्

भारतमा थप २३.५ मेगावाट विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले पायो अनुमति

काठमाडौं, मंसिर ३- नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । […]

पूरा पढ्नुहोस्