समाचार
कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा
काठमाण्डौ, मंसिर ३- कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् […]
पूरा पढ्नुहोस्
भोट हाल्नको लागि काठमाण्डौबाट घर फर्कनेको घुइँचो
काठमाण्डौ, मंसिर ३- भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाण्डौबाट गृह जिल्ला जानेको सङ्ख्या बढेको छ । कतिपय दल र उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाण्डौबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटको व्यवस्था गरेर भोट खसाल्न जाँदैछन् । अहिले नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिड छ । […]
पूरा पढ्नुहोस्
निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुँदै
काठमाडौँ, मङ्सिर ३– आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो । […]
पूरा पढ्नुहोस्
कस्तो छ तपाईको आजको राशिफल
चितवन, मंसिर ३- आज २०७९ साल मंसिर ३ गते शनिवार, तदनुसार सन् २०२२ नोभेम्बर १९ तारिख । विभिन्न राशि भएको व्यक्तिहरुको राशिफल यस्तो रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि […]
पूरा पढ्नुहोस्
चितवनको तीनवटै मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
चितवन, मंसिर ३- चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ विसं २०७४ को […]
पूरा पढ्नुहोस्
भरतपुरका दुई स्थानमा कुकर बम फेला
चितवन, मंसिर ३– भरतपुर महानगरपालिकाको दुई स्थानमा गएराती साढे १२ बजे कुकर बम फेला परेको छ । भरतपुर–१० भरतपुर आँखा अस्पताल अगाडि बाइपास रोड र भरतपुर–१२ आस्था चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम फेला परेको हो । कालि बहादुर गण भरतपुरको टोलीले बिहान साढे ३ बजे उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज […]
पूरा पढ्नुहोस्
२२ मंसिरअघि नै निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउँछौँ : निर्वाचन आयोग
१ मंसिर, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ । आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गते भित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताए । आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक मतसमेत गणना गरि विजयी […]
पूरा पढ्नुहोस्
निर्वाचनको तयारी पुरा
काठमाडौं, १ मंसिर निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको […]
पूरा पढ्नुहोस्
विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने
चितवन, १ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारिएको बताएका छन् । बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ […]
पूरा पढ्नुहोस्
तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना
१ मंसिर २०७९ काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने […]
पूरा पढ्नुहोस्
मदिरा सेवन गरेपछि नवलपरासीमा मतदान अधिकृत निलम्बन
त्रिवेणी, मङ्सिर १- नवलपरासी पश्चिममा मदिरा सेवन गरेका मतदान अधिकृत निलम्बनमा परेकाछन् । यही मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो । उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका–११, स्थित वाक्वाणी माध्यामिक […]
पूरा पढ्नुहोस्
१ लाख मतदाता भेटेको जगन्नाथ पौडेलको दाबी
चितवन, १ मंसिर चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले आफ्नो क्षेत्रका करिब १ लाख भन्दा धेरै मतदाता भेटेको बताएका छन् । १ लाख ४४ हजार २८३ मतदाता रहेकोे चितवन ३ मा उनले १ लाख भन्दा धेरै मतदाता संग प्रतक्ष संवाद गरेको दाबी गरे । कार्तिक १७ गतेबाट चुनाबी प्रचारप्रसार अभियान सुरु गरेका […]
पूरा पढ्नुहोस्
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही ,लोककल्याणकारी विज्ञापनमा कडाइ हुने
काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ः०० बजेसम्म रहेकोले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो […]
पूरा पढ्नुहोस्
तपाईको काम विश्वास गर्ने हो, मेरो काम विकास गर्ने हो ः उमेश श्रेष्ठ
चितवन । मंसिर ४गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको लागि उमेद्वारको प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ । उमेद्वारहरु चुनाबी अभियानको आज अन्तिम दिन घरदैलो गर्ने र मतदाता रिझाउने अन्तिम कसरतमा छन । चितवनको सबैभन्दा बढी ध्यान केन्द्रित भएको चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल थप रोचक बन्दै गएको छ । चुनावी प्रचार अभियान […]
पूरा पढ्नुहोस्
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा चितवनका कार्यकर्ताद्वारा उमेश श्रेष्ठको गाडी तोडफोड
चितवन क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा चितवनका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन्। डीएसपी नरहरि अधिकारीले […]
पूरा पढ्नुहोस्
नागरिकता प्रकरणमा रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
चितवन,कात्तिक ३०- नागरिकता प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै दुई जनाले आयोगमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो । आयोगमा उजुरी परेलगत्तै आयोगले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको […]
पूरा पढ्नुहोस्
पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते
३० कात्तिक, पर्वत – पर्वतमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले […]
पूरा पढ्नुहोस्
भरतपुरका भूमिहिनले उमेश श्रेष्ठलाई भने ः हाम्रो पूर्जा अब तपाईलेनै दिलाईदने हो
कात्तिक ३० ,चितवन । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वाहरुले भरतपुरका विभिन्न वडामा घरदैलो तथा कोण सभा गरेका छन । गठबन्धनले भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरेका थिए । भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहिनले उमेश श्रेष्ठलाई जग्गाधनी पूर्जा दिलाईदिन माग गरे । उनीहरुले विगत २३ बर्षदेखि जग्गाधनी पुर्जा […]
पूरा पढ्नुहोस्
मंसिर ४ पछि उज्यालो सुरू : विक्रम पाण्डे
चितवन कार्तिक ३० । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ पछि उज्यालो दिन सुरू हुने बताएका छन् । भरतपुर–१७ पाल्पाली टोलमा सिर्जना आमा समूह र गोरखाली आमा समूहले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले २०७४ सालको निर्वाचनपछि कालो दिन सुरू भएकोले गएको पाँच वर्ष चितवन–३ का जनताले उज्यालोको अनुभव गर्न […]
पूरा पढ्नुहोस्
चितवनमा करेन्ट लागेर छ वर्षीय बालकको मृत्यु
चितवन,कात्तिक ३०- चितवनमा करेन्ट लागरे छ वर्षीय बालकका मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १४ शिवनगर निवासी प्रकाश पाठकका छ वर्षीय छोरा प्रसिद्ध पाठकको हिजो करेन्ट लागेर मृत्यु भएको हो । खाली खुट्टा आफ्नै घरमा रहेको स्वीच बोर्ड चलाइरहेका बेला उनलाई करेन्ट लागेको थियो । स्वीचको आधा भाग खाली रहेकाले करेन्ट लागेको प्रहरीले […]
पूरा पढ्नुहोस्
