१२ भदौ, भरतपुर ।
चितवनको भरतपुर १० मा रहेको बोस्टन इन्टरनेशनल कलेजमा ग्रान्ड ओपन हाउस कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलेजको सभाहलमा भएको ओपन हाउसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विज्ञहरूले बिएचएम कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी विज्ञहरूले बोस्टन कलेजले संचालनमा ल्याएको नयाँ कार्यक्रम ‘बिएचएम’ले हस्पिटालिटि क्षेत्रलाइ थप योगदान दिने विश्वास ब्यक्त गरे ।

आइटिसी होटल इन्डियाका उपाध्यक्ष एवम् कलेजका कन्सल्टेन्ट मनोज वीरमानीले यस क्षेत्रमा अवसर नै अवसर भएको बताए ।नेपालका पहिलो फाइभ स्टार एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह केसीले हस्पिटालिटि नेपालको रोजगारीको मुख्य आयस्रोतको प्रबल सम्भावना बोकेको क्षेत्र भएको बताए । सोल्टी होटलमा सेफ बन्ने यात्राको करिब तीन दशकको अनुभव सुनाउँदै केसीले भने,” एकजना विदेशी पर्यटकले १ दिनमा १ डलरका दरले यहाँ बसी खर्च मात्रै गरे भनेपनि हामी नेपालीले रोजगार पाउँछौ।यो संस्कार सिक्ने र अभ्यास गर्ने क्षेत्र हो , जहाँ नाम ,दाम सबै पाइन्छ “।

लन्डनका एक्जिक्युटिभ सेफ बिबिसी मास्टरसेफ २०२० सन्तोष शाहले भर्चुहल माध्यमबाट विद्यार्थीलाइ हस्पिटालिटि क्षेत्रमा आउन आग्रह गरे ।
यस्तै बाराही जंगल रिसोर्टका जेनेरल म्यानेजर प्रकाश चन्द , इम्प्याक्ट पोलिनेट ग्रुपका संस्थापक निर्देशक सीता अधिकारी, सिएमटी रिसोर्टका कार्यकारी सेफ राजन कुमालले यस क्षेत्रले हर काेहिलाइ भान्से मात्रै नभएर मान्छे बनाउने जानकारी दिए ।यो नयाँ कार्यक्रमले नेपालको हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने र युवाहरूलाई रोजगारीका नयाँ अवसरहरू प्रदान गर्ने विश्वास ब्यक्त गरे ।अवसर संगै चुनौती पनि यस क्षेत्रमा प्रशस्त रहेकाले दक्ष ,अनुशासित, इमान्दार र मिहिनेती भए जिवनभर पछुताउनु नपर्ने बताए ।

होटल तथा पर्यटन उद्योगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्त्तित्वहरुलाई आमन्त्रण गरी कलेजले हस्पिटालिटिका बारेमा प्यानल छलफल समेत गरेको थियो ।प्यानल छलफललाई सहजिकरण गरेका सोल्टी होटलका लर्निङ एवम डिभलपमेन्ट विभागका क्ल्स्टर निर्देशक रुपेश श्रेष्ठले विद्यार्थीहरुका जिज्ञासालाई प्रश्नको रुपमा विज्ञहरुलाई राख्दै कार्यक्रमलाई अन्तरक्रियात्मक बनाए।

बोष्टन कलेजका बिएचएम कार्यक्रमका सह-कार्यक्रम संयोजक विमल अर्यालले स्वागत मन्तव्य दिने क्रममा कलेजको यो नयाँ पहलले हस्पिटालिटी शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे।उनले ४ वर्षको अध्ययनले ४० वर्षसम्म सुख र खुशी दिने दाबी गरे ।
कार्यक्रमलाई समापन गर्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले कलेजले विद्यार्थीहरूको सफल करियर बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे । अहिलेपनि आन्तरिक तथा विदेशी पर्यटक धान्न धेरै संख्यामा बिएचएम अध्ययन गरेका जनशक्तिको माग रहेको बताउँदै निसन्देह विद्यार्थीहरूलाइ यस कार्यक्रममा भर्ना हुन अपिल गरे ।
ओपन हाउस कार्यक्रममा विद्यार्थी ,अभिभावक , अन्य सहभागी गरी करिब २०० जना भन्दा बढीको सहभागिता रहेको थियो।
के हो बिएचएम ? बोस्टनमा बिएचएम किन ?
चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजमा हाल चारवटा शैक्षिक कार्यक्रमहरू संचालित छन् ।यस कलेजमा पोखरा विश्वविद्यालय अन्तर्गत स्नातकमा बीबीए ,बिबिए फाइनान्स,बिसिएसआइटी संचालनमा छन् भने स्नातोक्तरमा एमबिए कार्यक्रम संचालनमा छन् ।
यसै वर्षदेखि कलेजले थप एक कार्यक्रम संचालनमा ल्याउँदै छ जो अहिले विद्यार्थीहरूको पहिलो रोजाइमा परेको देखिन्छ ।४ वर्षको अध्ययन पश्चात देशमै पनि रोजगारी पाइने ,विदेशैमै गएपनि रोजगारीको ग्यारेन्टिकै कारण धैरै विद्यार्थी यस कोर्समा आकर्षित छन् ।
बिएचएम कार्यक्रममा मुख्यत:Food and Beverage Preparations and Service,Accommodation Operations,Front Office Operations,Computer Software Operations,Hospitality Communication,Sales and Marketing and Public Relations का काेर्स पर्दछन्।
कलेजले बिएचएमको पढाइ लाइ सैदान्तिक भन्दा बढी ब्यवाहारिक बनाउने रणनिति लिएको छ । बिएचएम पढ्ने विद्यार्थीहरूले न्युनतम ४०० घन्टा भन्दा बढी पेड वर्क प्राप्त गर्नेछन् ।१८ महिनाको इन्टर्नसिप कार्यक्रममा विद्यार्थीहरू समावेश हुन पाउनेछन् ।अध्ययन भ्रमण अन्तर्गत विद्यार्थीहरूलाइ पाचँभन्दा बढी पाचँतारे होटलहरूमा लगिने कलेजको योजना छ ।
निशुल्क फ्रेन्च र चाइनिज भाषाको समेत विद्यार्थीहरूले अध्ययन गर्न पाउनेछन् ।विद्यार्थीहरूले देशविदेशमा शतप्रतिशत रोजगारी पाउने कलेजले जनाएको छ ।


प्रतिकृया दिनुहोस्