कालिका अपडेट
भोलिबाट चितवनमा गैरआवासीय नागरिकलाई नागरिकता
चितवन, कात्तिक १२ चितवनमा गैरआवासीय नागरिकलाई भोलिदेखि नागरिकता वितरण गरिने भएको छ ।नागरिकता वितरणका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको हाे । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले साेमबारबाट वितरणको प्रक्रिया शुर गर्नेगरि तयारी भइरहेको बताउनुभयाे । नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था […]
पूरा पढ्नुहोस्
सात सय ९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा
२७ असाेज , कालिका चितवनको कालिका नगरपालिकाले सात सय ९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो । यस कार्यक्रमका लागि पालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म रु २८ लाख ४३ हजार […]
पूरा पढ्नुहोस्
रवि लामिछानेलाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न कालिकाले अनुमति दिएन
चितवन, भदौ ९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेलाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न कालिका नगरपालिकाले रोक लगाएको छ । कानुन नभएको भन्दै नगरपालिकाले स्वास्थ्य क्लिनिक सञ्चालन गर्न लामिछानेलाई अनुमति नदिएको हो । नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै […]
पूरा पढ्नुहोस्
जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दाबढि
चितवन, भाद्र, ८ चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा सबै भन्दाबढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जनाएको छ ।अदालतले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका १२ सय १६ मुद्दा दर्ता भएका हुन् । सम्बन्ध बिच्छेदमा दर्ता भएका मध्य ९ सय ९५ फर्छ्यौट हुँदा २ सय ५७ बाँकी रहेका […]
पूरा पढ्नुहोस्
रविकाे १० गते चितवनमा पहिलो सार्वजनिक सुनुवाई ,गुनासो र सुझाव सहित सहभागीहुन अपील
चितवन, भदौ ८ चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले भदौ १० गते पहिलो पटक सार्वजनिक सुनुवाई गर्दै छन् । जनताप्रति जवाफदेही हुनका लागि सार्वजनिक सुनुवाई गर्न लागेको सांसद लामिछानेले बताएका छन् । “हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही […]
पूरा पढ्नुहोस्
सांसद ढकाल बस चढेरै लायन्स चोकसम्मै पुगे ,पूर्वी चितवनबाट आउनेलाइ नारायणगढसम्म जान दिनुपने माग
२७ साउन ,चितवन चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले पूर्वी चितवनको लोथरसम्मबाट आउने सार्वजनिक गाडीलाई तत्काल नारायणगढसम्म जान दिन आग्रह गरेका छन् । हिजाे सांसद ढकाल सार्वजनिक गाडी चढेर नारायणगढको लायन्स चोकसम्मै पुगेका थिए । प्रहरीको अवरोधका बीच ढकालको नेतृत्वमा केहि सार्वजनिक गाडी नारायणगढसम्म गएपनि अवस्था सहज भएको छैन । पूर्वी चितवनबाट आउने […]
पूरा पढ्नुहोस्
कालिका नगरपालिकाले रोप्यो ६ हजार सयपत्री फूलका विरुवा
२७ साउन ,चितवन चितवनको कालिका नगरपालिकाले शुक्रवार फूलका विरुवाहरु रोपेको छ । नगरपालिकाले वडा नं. ८ मा रहेको कालिका मन्दिर परिसरमा ६ हजार सयपत्री फूलका विरुवाहरु रोपेको हो । नगरपालिकाका प्रमुख विनोद रेग्मीले आगामी आर्थिक वर्षमा कालिकाका मन्दिर, बाटोघाटो, कुलकुलेसा वरिपरी सयपत्री फूलका विरुवा रोप्ने योजना रहेको बताए । उनले भने, “ढकमक्क सयपत्री फूल फुलाएर […]
पूरा पढ्नुहोस्
समाचार प्रभाव: ब्लु बस को रुट परिवर्तनका लागि प्रक्रिया सुरु,आज वीरगन्ज जाने तयारी
२३ साउन,भरतपुर ब्लु बस को रुट परिवर्तनका लागि प्रक्रिया सुरु भएको छ।रूट अनुमति बिना रविको ब्लुबस संचालनमा भएको समाचार सार्वजनिक भएपछि सचिवालयले गम्भिर ध्यनाकर्षण भएको जनाएको छ। चितवन २ का सांसद रवि लामिछानेले महिलाका लागि निःशुल्क चलाइएको ना ५ ख ३१३८ नम्बरको ब्लु बसले चितवनमा चल्ने गरी रुट अनुमतिका लागि प्रक्रिया सुरु गरिएको सांसद लामिछानेका […]
पूरा पढ्नुहोस्
रूट परमिट बिना चल्छ रबीकाे ब्लुबस , हुन सक्छ जरिबाना
२२ साउन, भरतपुर चितवन २ का सांसद रबी लामीछानेले संचालनमा ल्याएकाे ब्लुबसले रुट परमिट नलिइएकाे पाइएकाे छ । बस सञ्चालन गर्न सडक अनुमति लिनुपने भएतापनि दर्ता हुँदाको रूट वीरगन्ज, नारायणगढ, पोखरा, बाग्लुङनै यथावत रहेकाे र यसैलाइ नवीकरण गरेर चलाइएकाे भेटिएकाे हाे । तर , अहिले चितवनका भित्री सडकमा भने सवारी साधन निर्विवाद गुडिरहेको छ। जिल्ला […]
पूरा पढ्नुहोस्
लो भोल्टेजले कालिका मारमा : प्राधिकरणलाई बुझाइयो ज्ञापन पत्र
१२ साउन , चितवन पूर्वी चितवनको कालिका नगरपालिकामा पर्ने पदमपुर क्षेत्रमा लो भोल्टेजका कारण स्थानीयलाइ सास्ती हुन थालेकाे छ । लो भोल्टेजका कारण जनजिवननै प्रभावित भएपछि नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई शुक्रबार ध्यानाकर्षण गराइएको हाे । जनप्रतिनिधिसहितको एक टोलीले तत्काल समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ। बागमती प्रदेशका सांसद कृष्णप्रसाद […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डलगायत गठबन्धनका शिर्ष नेता आज चितवन आउँदै
चितवन, वैशाख ७ वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका शिर्ष नेताहरु आज चितवन आउँदै छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई जिताउन नेताहरु चितवन आउन लागेका हुन् । आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न र मत माग्न पाउने आज अन्तिम दिन पनि हो […]
पूरा पढ्नुहोस्
