१३ आश्विन २०८३, मंगलवार

चितवन अपडेट

चेपाङहरुले भरतपुरमा न्वाङगी पर्व मनाए

भरतपुर, २२ भदौ चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफुलहरु पितृ तथा देवीदेवतालाई चढाएरमात्रै खाने प्रचलन रहेको छ । नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष […]

पूरा पढ्नुहोस्

इलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना

चितवन, भदौ १५, आशिष उप्रेती लियो क्लव अफ चितवन बिरेन्द्रनगरलेे आज (बुधबार) १५औं पुस्तकालय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरेको छ । प्रहरी कार्यालयको हिरासतमा र कुनै परिवेशले प्रहरी कार्यालयमा रहने व्यक्ति शुन्य समयको सदुपयोग गरी केही नयाँ कुरा सिकुन् भन्ने मूल उद्देश्यका साथ “हिरासतमा पुस्तक परियोजना” लाई सुरुवात गर्दै बुधबार […]

पूरा पढ्नुहोस्

मेघौलिमा तिज विशेष तथा रमाइलो मेला सम्पन्न

१५ भाद्र,चितवन पश्चिम् चितवन स्थित भरतपुर २७ मेघौली पर्साढापमा तीज विशेष मेला गरिएको छ । हिन्दु नारीहरुको महान चाड हरितालीका तिजको पावन अवसरमा पर्साढाप व्यापार संघद्वारा तिज विशेष कार्यक्रम गरिएको हो । पर्साढाप आपबगैचा स्थित शिबालय पार्कमा मेला आयोजना गरिएको थियो। रमाइलो मेलामा तिज गित र नृत्य प्रतियोगिता संगै ठेला हान्ने, घैंटो फुटाई,म्युजिकल चियर लगायतका […]

पूरा पढ्नुहोस्

माडीका जनप्रतिनिधीहरुकाे हनिमुन पिरियड पुरा

माडी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षहरु सहित निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन पुरा भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई जेष्ठ ६ गते सपथग्रहण भएको थियो । सपथग्रहण लगत्तै सोही दिन मेयर, उपमेयर र वडाध्यक्षहरुले आ-आफ्नो कार्यालय प्रवेश गरी कार्यभार ग्रहण गरेका थिए । […]

पूरा पढ्नुहोस्

बेटर चितवनकाे युथ वानमा चारजना युवा सम्मानित

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवनले चार जना युवालाई सम्मान गरेको छ ।  संस्थाले  शुक्रबार विभीन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवाहरुलाई “बेटर युथ अवार्ड” र “युथ रिकोनाइजेसन” अवार्डबाट चार युवालाई सम्मान गरेको हो । संस्थाको बेटर युथ अवार्डबाट पछिल्लो समयका चर्चित युवा गायक सुजन चापागाईलाई सम्मानित भएका छन् । चितवनका गायक चापागाई  […]

पूरा पढ्नुहोस्

चार युवा सम्मानित

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवनले चार जना युवालाई सम्मान गरेको छ । संस्थाले   विभीन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवाहरुलाई “बेटर युथ अवार्ड” र “युथ रिकोनाइजेसन” अवार्डबाट चार युवालाई सम्मान गरेको हो । संस्थाको बेटर युथ अवार्डबाट पछिल्लो समयका चर्चित युवा गायक सुजन चापागाईलाई सम्मानित भएका छन् । चितवनका गायक चापागाई  तीन […]

पूरा पढ्नुहोस्

माडी बघाैंडास्थित माछा संकलन केन्द्र प्रयोगविहीन बन्दै

माछापालनका लागि देशैभर चर्चित हुँदै गएको माडी नगरको माछा संकलन केन्द्र भने प्रयोगविहीन भई घाँस, बुट्यान र झाडीले ढाकिएको छ । माछा पकेट क्षेत्र अन्तरगत माडी-३, बघौंडा गाउँको मगोई खोला किनारमा निर्मित माछा संकलन केन्द्र हालसम्म उपयोगमा आउन नसक्दा चारैतिरबाट झाडी, बुट्यान र घाँसले ढाकिएको हो । माडीका मत्स्यपालक कृषकहरुलाई आवश्यक पर्ने बरफ   बनाउने प्लाण्ट […]

पूरा पढ्नुहोस्

रत्ननगरमा गुणस्तरीय माछाको दाना सम्बन्धी अन्तरक्रिया

मत्स्य पालन तथा गुणस्तरीय माछाको दानामा स्वच्छता सम्बन्धी बिज्ञ र कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम चितवनको रत्ननगरमा शनिवार   भएको छ । चितवन सामुदायिक माछा दाना उद्योगको आयोजना र नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय कार्यसमिति चितवनको सह आयोजनामा भएको उक्त कार्यक्रममा माछाको दाना उत्पादन, गुणस्तर र प्रयोगका विषयमा जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो । मत्स्य […]

पूरा पढ्नुहोस्

राप्रपा बागमती प्रदेशको चुनाव लक्षित प्रशिक्षण सौराहामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचन लक्षित प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सौराहामा कार्यक्रम गरेको छ । पार्टीले प्रदेशका प्रतिनिधिलाई चुनावलक्षित प्रशिक्षण दिँदै छ । साथै संगठन सुदृढीकरणबारे पनि छलफल चलिरहेको चितवन क्षेत्र नं. १ क्षेत्रीय समितिका अध्यक्ष बलराम खनालले बताए । बागमति प्रदेश अन्तर्गतका १० जिल्लाबाट आएका अध्यक्ष, सचिव, प्रदेश समितिका पदाधिकारी […]

पूरा पढ्नुहोस्

विदेशीको पैसामा चुनाव जित्नेले देशलाई बर्बाद पारेः विक्रम पाण्डे

राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको पैसाको आडमा चुनाव जितेर देशलाई ववार्द गर्न खोज्ने नेताहरुलाई हराउनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा भरतपुर महानगर समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री पाण्डेले युरोपियन युनियन र छिमेकी राष्ट्रबाट पैसा ल्याएर चुनाव जित्ने दाउमा लागेका नेताहरुलाई जनताले रोक्नुपर्ने बताउनुभयो । उहाँले देशलाई प्लटिङ गरेर देशलाई विदेशमा बुझाउने […]

पूरा पढ्नुहोस्

चितवनमा दलदल र घोलमा फसेर गैंडा मर्ने क्रम बढ्दै

हरेक वर्ष चितवनमा बाढीले बगाएर, एक आपसमा जुधेर, बुढो भएरलगायत अन्य विविध कारणबाट गैंडा मरेका घटना बाहिर आउँछन् । पछिल्लो समय चितवनका गैंडा दलदलमा, पानीको घोलमा फसेर मृत्यु हुने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । ४ वर्षयताको तथ्यांक हेर्ने हो भने चितवनमा दलदल र घोलमा फसेर गैंडा मर्ने संख्या बढिरहेको छ । आर्थिक वर्ष […]

पूरा पढ्नुहोस्

औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धिको बाटोमा जानेछ:राज्यमन्त्री श्रेष्ठ

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ । उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सिर्जना हुने भएकाले उद्योग र औद्योगिक क्षेत्रको स्थापनाबिना देशमा समृद्धिको परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो । कालिका नगरपालिकाद्वारा आज आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणसम्बन्धी […]

पूरा पढ्नुहोस्

चितवन काँग्रेसको असन्तुष्ट समूहलाई कारबाही फिर्ता हुने

नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले पार्टीभित्रको विवाद समाधानका लागि सहजीकरणको जिम्मेवारी दिएसँगै नेताहरु सक्रिय भएका छन । बिहिबार पार्टीले निर्णय गरेसँगै तयारीमा जुटेका नेताहरुले शुक्रबार औपचारिक छलफल गरेका हुन । केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे सम्मिलित पहिलो दिनको छलफलले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कार्वाही अविलम्ब फिर्ताका […]

पूरा पढ्नुहोस्

फोनिजकोे २३ औ स्थापना दिवसको अवसरमा चितवनका २ पत्रकार सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले २३ औ स्थापना दिवसको अवसरमा चितवनका २ जना पत्रकारलाई  सम्मान गरेको छ । कालिका एफ एमका सन्चारकर्मी आशिका थापा र स्वास्थ्य दर्पण मिडियाका सन्चालक तथा फोनिज चितवनका पुर्व अध्यक्ष एवं सल्लाहाकार सन्दिप कुमार श्रेष्ठलाई सम्मान गरीएको हो । थापालाई  कालिका एफएममा २० बर्ष देखी आबद्ध भई सन्चार क्षेत्रमा […]

पूरा पढ्नुहोस्

चितवनमा सामुहिक रुद्राभिषेक हुदै

श्रावण महिनाको महिमालाई अझै प्रभावकारी बनाउन  शनिवार  आर्ट अफ लिभिङ चितवनले सामुहकि रुद्राधिभिषेक गर्ने भएको छ । चितवनको भरतपुर केन्द्रिय बस ट्रमिनल नजिक रहेको सिरिनी बन्क्युट होटलमा सामुहिक रुद्री पुजा हुन लागेको हो । हिन्दु परम्परा अनुसार श्रावण महिनालाई भगवान शिवको आराधाना गर्ने प्रचलन भएकोले आर्ट अफ लिभिङ चितवनले यस्तो कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले […]

पूरा पढ्नुहोस्

चितवनमा जवरजस्ती यौन क्रियाकलापमा लगाउने होटल संचालिकालाई थुनामा पठाउन आदेश

चितवन जिल्ला अदालतले चितवन नारायणगढको एक होटल संचालिकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जेठ ३१ गते वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएकी कल्पना होटल एण्ड गेष्ट हाउसकी संचालिका ४० बर्षकी कल्पना महरालाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । होटल भरतपुर महानगरपालिका १ मा रहेको छ । महराले आफ्नो होटलमा विभिन्न मानिसहरुसंग […]

पूरा पढ्नुहोस्

काँग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढे:उत्तम जोशी

चितवनमा नेपाली काँग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढेको भन्दै निवर्तमान जिल्ला सचिव उत्तम जोशीले चिन्ता व्यक्त गरेका छन् । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्ताले सदस्यता परित्याग गर्दा काँग्रेसलाई संकट पर्न सक्ने उनको अनुमान छ । ‘बिभिन्न स्थानीय तहमा लामो समय नेतृत्व गरेका, पार्टी र भातृ संस्थाको नेतृत्व गरिसकेका व्यक्तिहरुले पार्टी छाड्नु दुखद छ, […]

पूरा पढ्नुहोस्