१४ आश्विन २०८३, बुधबार

रत्ननगर अपडेट

चितवनकाे प्रहरी हिरासतमा रहेका थुनुवाकाे मृत्यु

कात्तिक ३, भरतपुर। चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका एक थुनुवाको शनिबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३ बस्ने ४५ वर्षीय महमद क्यामोदिन हुन् । अपराधिक लाभ कसुरमा कात्तिक १ गते पक्राउ परेका उनी माथि अनुसन्धानका लागि पाँच दिनको म्याद […]

पूरा पढ्नुहोस्

चितवनमा बाढी पहिराे अपडेट : अहिलेसम्म कहाँ कहाँ पस्याे बाढी ? चितवन प्रशासन के गर्दैछ ?

१३ असाेज, भरतपुर । गत बिहिबार राति देखि परेको अबिरल बर्षाको कारण चितवनमा हालसम्म  १५० बढी घर डुबानमा परेका छन् । चितवन प्रशासनका अनुसार नारायणी नदी र माडीको रिउ खोलामा आएको बाढीले  १ सय ५० भन्दा बढी घर एवम् विभिन्न संघसंस्थाहरू डुबान परेकाे हाे । चितवनकाे ईच्छाकामना ४ घोप्टेभिर, इच्छाकामना  ३ स्थित मौवाखोला, दतिखोला, पानिधारा, […]

पूरा पढ्नुहोस्

चितवन सेवा समाजले रत्ननगरमा जिल्ला स्तरिय तीज गीत प्रतियोगिता गर्दै

१३ भदौ ,चितवन । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा जिल्ला स्तरीय प्रथम तीज गित प्रतियोगिता २०८१ गर्ने भएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले प्रवास र प्रदेशीको भावनासँग केन्द्रित  शिर्षकमा तिज गित प्रतियोगिता गर्ने भएको हो । चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दै उनिहरुमा भएको […]

पूरा पढ्नुहोस्

भरतपुर र रत्ननगरबाट हराइरहेका स्कुले विद्यार्थी अन्तत परिवारकाे सम्पर्कमा

१२ भदाै, चितवन। चितवनकाे भरतपुर र रत्नगरबाट मंगलबार देखि हराइरहेका स्कुल पढ्ने बालक अहिले भेटिए । पुर्वी चितवनकाे रत्ननगर नगरपालिका ३ का जोनी तिमिल्सिना,लभ महतो र कुश महतो साँझदेखि परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रध्यानाध्यापक रामचन्द्र महतोले  तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको बताए । उनका अनुसार लभ र कुश खैरहनी माध्यामिक […]

पूरा पढ्नुहोस्

घरमा आधारित शिक्षाकाे सान्दर्भिकता

एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै […]

पूरा पढ्नुहोस्

यस कारण चितवनका पत्रकारलाइ सुचना पाउनै सकस

चितवन, साउन १३ चितवनका पत्रकारहरूलाइ सरकारी निकायबाट सुचना पाउनै सकस हुने गरेकाे छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालय र  स्थानीय तहका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित भएपछि सूचना अधिकारीहरूले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताउँदा पत्रकारहरूले सहज तरिकाले सुचना नपाएका हुन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका […]

पूरा पढ्नुहोस्

चितवनमा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ३ महिने कार्यक्रम’युवा युवाका लागी’

१७ असार,चितवन। युवाले चितवनमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारकाे ३ महिने कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुले नै युवाहरुका लागि केही गर्नु पर्छ भन्ने उदेश्यले पुर्वीचितवनकाे रत्ननगर नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धित  विविध कार्यक्रमहरु  गरेको हाे । कार्यक्रम अन्तर्गत चितवनका विभिन्न ठाउँबाट छानिएका १६ जनाको प्रतिनिधिहरूले रत्ननगरको प्रत्येक वडासंग […]

पूरा पढ्नुहोस्

सौराहामा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोविज्ञान परामर्श

चितवन, असार ०४ रत्ननगर नगरपालिका वडा नं।६ बछौलीमा रहेको नेपाल रेडक्रस सोसाइटी उप–शाखा बछौलीले वडा कार्यालय ५ र ६ को सहयोगमा एक दिने मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोविज्ञान परामर्श कार्यक्रम सम्पन्न गरेको छ । सौराहामा आयोजना गरिएको परामर्श कार्यक्रम तालिममा १०० भन्दा बढि सहभागीहरूलाई मनोविद विज्ञ बिरेन्द्र पोखरेलले मानसिक स्वास्थ्य, आत्महत्या र यसको रोकथाम […]

पूरा पढ्नुहोस्

शान्ति सुव्यवस्था कायम गराउन आँफू सधैं प्रतिबद्ध:प्रमुख जिल्ला अधिकारी यादव

चितवन, जेष्ठ २४ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले चितवनको शान्ति सुव्यवस्था कायम गराउन आँफू सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुबीच भएको परिचयात्मक एवं छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले यस्तो बताउनुभएको हो । स्थानीय निकायमा भइरहेका गतिविधिको नियमन नहुँदा खोलानालाहरुमा अबैध रूपमा भएका दोहन, कृषिमा जथाभावी अनुदान, सहकारी पीडित र आत्महत्या […]

पूरा पढ्नुहोस्

रत्ननगर जेसीजले सामुहिक ब्रतबन्ध गर्ने

२९ चैत्र, रत्ननगर। चितवनको रत्ननगरमा बैशाख ६ गते बटुकहरुको सामुहिक ब्रतबन्ध  गरिने भएको छ ।रत्ननगर जेसीजले टाँडी स्थित शिवालय मन्दिरमा बटुकहरुको सामुहिक ब्रतबन्ध गर्ने भएको हो । जेसीजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक ब्रतबन्ध गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । धर्मसंस्कृतिको संरक्षणसंगै आर्थिक अबस्था कमजोर भएका परिवारका छोराहरुको सहज तरिकाले कर्म […]

पूरा पढ्नुहोस्

गणतन्त्रका मतियार देश बेच्न लागि परे : सांसद शाही

चितवन, चैत १७ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता एवं संघिय सांसद ज्ञानेन्द्र शाहीले गणतन्त्रका मतियारहरुले देश बेच्न लागिपरेको बताउनुभएको छ । राप्रपा चितवन क्षेत्र नं १ ले आयोजना गरेको क्षेत्रिय बिशाल आमसभालाई आज सम्बोधन गदैं प्रवक्ता शाहीले आफु र आफ्नो पार्टी हालका गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका नेता लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेर देखाउन सकेको खण्डमा […]

पूरा पढ्नुहोस्

कालिकामा ४५ दिने व्युटिपार्लर तालिम सम्पन्न

रत्ननगर, चैत्र १३ गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने आधारभूत व्युटिपार्लर तालिम मंगलवार सम्पन्न भएको छ । कालिका नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए । नगर प्रमुख रेग्मीले तालिमलाई सहि रुपमा उपयोग गर्न […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र कालिकाका मेयर रेग्मीबीच भेट, शक्तिखोर औधोगिक क्षेत्र, तथा त्रशुली डाईभर्सन विषयमा छलफल

रत्ननगर, चैत्र १२ पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शक्तिखोर औधोगिक क्षेत्र स्थापना, त्रशुली डाईभर्सन, नगरमा रोकिएका बजेट विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेका छन् । सो अबसरमा मेयर रेग्मीले प्रधानमन्त्री प्रचण्डसँग कालिका नगरपालिकाको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट, शक्तिखोर औधोगिक क्षेत्र स्थापना, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने […]

पूरा पढ्नुहोस्

होलिमा रङमय रत्ननगर ४, गायिका समिराले नचाइन दर्शक

१२ चैत्र, रत्ननगर । चितवनको  रत्ननगर ४, बंगैचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ र  कैलाशेश्वर महादेव मन्दिरको संयुक्त आयोजनामा होली बिशेष तथा घैटाे फुटाइ कार्यक्रम सम्पन्न गरिएको छ । संस्कृतिलाई लक्षित गरि आयोजना गरिने यस्ता खालका कार्यक्रमले भाईचारा वृद्धि गर्ने साथै आत्मियता बढाउने हुँदा यस्तो कार्यक्रमको विशेष महत्व रहने  रत्ननगर-४ का वडाध्यक्ष रामकुमार चौधरीले बताए। […]

पूरा पढ्नुहोस्

रत्ननगर जुनियरजेसिजको पाचौं होलि फेस्टा चैत्र १२ मा हुने

९ चैत्र,चितवन । पुर्बीचितवनको रत्ननगरमा यस बर्ष पनि होली म्यूजिक फेष्टाको पाचौं संस्करण हुने भएको छ । रत्ननगर जुनियर जेसीजले यहि चैत्र १२ गते होलि बिशेष कार्यक्रम आयोजना गरेको हो । मौलिक चाडपर्बलाई जगेर्ना गर्न र स्थानियतालाइ प्रोत्साहन गर्न होलि बिशेष कार्यक्रम गरिएको रत्ननगर जुनियर जेसिजकी अध्यक्ष रेनुका ढकालले जानकारी दिनुभयो।उहाँले बिकृती न्यूनीकरण गर्न सामाजिक […]

पूरा पढ्नुहोस्

चितवनका राम रिजाल आयरल्याण्डमा मृत भेटिए

चितवन, चैत ५ चितवनको रत्ननगर–६ बछौंलीका ४२ वर्षीय राम रिजाल आयरल्याण्डमा मृत भेटिएका  छन् ।गत शुक्रबार आयरल्याण्डको घर नजिकैको जंगल डियर पार्क प्लेस टाला डब्लिनमा उनी मृत भेटिएका हुन् । मृत्युकाे कारण भने अहिले सम्म खुलेकाे छैन । पोष्टमार्टम रिपोर्ट आइनसकेकोले के भएको भन्ने नखुलेको  बताइएकाे छ । रिपोर्ट हेरेपछि उनको शव नेपाल ल्याउने वा […]

पूरा पढ्नुहोस्

पालिकामा बन डढेलाे सचेतनामा कर्मी चौतारी समुहको नाटक प्रभावकारी बन्दै

५ चैत्र,चितवन कर्मी चौतारी समुहले आज कालिका नगरपालिकाको शक्तिखोर बहुदल बजार क्षेत्रमा विभिन्न सामुदायिक वन समितिका सदस्यहरू तथा स्थानीय समुदायको उपस्थितिमा सडक नाटक धनको दोहन मञ्चन गरेको छ । कालिका सव डिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत मुनि अन्सारीको मुख्य उपस्थितिमा सचेतना कार्यक्रम गरिएको हो। बनमा डढेलाे नियन्त्रण सप्ताह अन्तर्गत दिउँसो रत्ननगर नगरपालिकाको कृष्णमन्दिर […]

पूरा पढ्नुहोस्

चितवनमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताहमा कर्मीचाैतारीकाे सडक नाटक: ‘धनको दोहन’

५ चैत्र , भरतपुर डिभिजन वन कार्यलय चितवनले जिल्लाका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरुको आयोजना गरि चैत्र १ गते देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८० मनाइरहेकाे छ । चैत्र १ गते भरतपुर ११ भोजाड चोक देखि भरतपुर २ आँपटारी चोकसम्म सचेतनामुलक र्याली, माईकिङ्ग तथा ब्रसर वितरण गरी सुरु भएको सचेतना कार्यक्रम चैत्र २ […]

पूरा पढ्नुहोस्

शालिन मृत्यु प्रकरण:आत्महत्या दुरुत्साहन मुद्दा जिल्लाअदालतमा

चितवन,चैत ५ शालिन पोखरेल मृत्यु प्रकरणमा  चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएकाे छ । एकता शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएकाे छ । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो । शालिन मृत्यु प्रकरणमा […]

पूरा पढ्नुहोस्

रत्ननगर निपनी चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते

रत्ननगर – पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका वडा नं-१० स्थित निपनी चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना ५५ प ९७९१ नम्बरको मोटरसाइकलले पैदलयात्री रत्ननगर नगरपालिका वडा नं-१० बस्ने ३४ वर्षीय नेत्रप्रसाद लामिछाने गम्भीर घाइते भएका छन् ।

पूरा पढ्नुहोस्